
काठमाडौं ।
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यस वर्षको एसईई परीक्षा भौतिक रूपमा गर्ने सम्भावना न्यून रहेको बताएका छन् ।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनको आधारमा परीक्षाको मोडालिटिको बारे निर्णय हुने जानकारी दिए ।



मन्त्री श्रेष्ठले आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा शिक्षाको बजेट बढेर नयाँ–नयाँ योजना आउनसक्ने बताए ।
शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट आश्यकता रहेकोप्रति आफू सचेत रहेको स्पष्ट पारे ।
शिक्षा सचिव रामप्रसाद थपलियाले एसईई र कक्षा १२ को विषयमा मन्त्रालयले दुई–तीन दिनभित्र परीक्षाको मोडालिटिको बारेमा निर्णय गर्ने बताए ।
अब बस्ने राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईईको बारेमा निर्णय गर्ने छ उनले भने ।
संगठनका अध्यक्ष ऐन महर सहितको टोलीले मन्त्री श्रेष्ठलाई १३ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।








