
पाल्पा ।
पछिल्लो २४ घण्टामा पाल्पामा १ सय ४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
पीसीआर परीक्षणमा १ सय १९ र एन्टिजेन परीक्षणमा २६ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।



२ सय ७७ जनामा पिसिआर परीक्षण गरिएकोमा तानसेनका ५४ जना ,तिनाउ र रैनादेवी छहराका १९/१९ जना, बगनासकालीका १२ जना ,रिब्दीकोटका ६ जना , माथागढीका ५ जना ,पूर्वखोलाका २ जना , रामपुर र निस्दीका १/१ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै एन्टिजेन परीक्षणमा २६ जना नयाँ संक्रमित देखिएका छन् । जसमा रामपुरका १९ जना , बगनासकालीका ३ जना , तानसेनका २ जना , माथागढी र तिनाउका १/१ जनामा संक्रमण देखिएको हो ।
जिल्लामा अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या एक हजार ४ सय ३१ रहेको छ । संक्रमित मध्ये एक हजार ३ सय ७३ जना होम आइसोलेसनमा रहेका छन् भने ५८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ७९ जना संक्रमितले कोरोना जितेका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ३७ महिला र ४२ जना पुरुषले कोरोना जितेका हुन् ।
पाल्पामा कोरोना संक्रमणका कारण अहिलेसम्म ८१ जनाको मृत्यु भएको छ ।









