
काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले दुई साता भित्रमा एसईई परीक्षाको विकल्पबारे मन्त्रालयले निर्णय लिने बताएका छन्।
‘गल्लीगल्ली डट इन्फो’ले बुधबार गरेको भर्चुअल छलफलमा कोरोनाले रोकिएको परीक्षाबारे उनले यस्तो बताएका हुन्।



उनले भने, ‘परीक्षा बोर्डले कार्यदल बनाएको छ, विकल्पसहितको सुझाव आएपछि मन्त्रालयले दुई साताभित्रमा टुंग्याउँछ, विकल्पसहितको छलफल अन्तिम चरणमा पुगेको छ भन्ने पाएको छु।’
उनले कक्षा ८, १० र १२ बाहेक अन्य परीक्षा सम्बन्धित विद्यालयले सञ्चालन गर्न सक्ने बताए।








