
बुटवल ।
रुपन्देहीमा चार वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कञ्चन गाउँपालिका–४ बुद्धनगर बस्ने ५३ वर्षीय हेमलाल गन्धर्व रहेका छन् ।



उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रुद्रपुरले जनाएको छ ।
गन्धर्वले आफ्नै घरमा ती बालिकालाई बलात्कार गरेको खबर पाएपछि खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।









