
बुटवल ।
रुपन्देहीमा जारी निशेधाज्ञाको अवधि जेठ २० गतेसम्म थपिएको छ ।
आज बसेको डिसीसीएमसीको बैठकले निशेधाज्ञा बढाउन सिफारिस गरेको थियो।



सोहि सिफारिसलाई आधार मानी जेठ २० गतेसम्म निशेधाज्ञाको अवधि बढाइएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।
यस अवधिमा शान्ति सुरक्षा तथा सुब्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाईन, फोहोरमैला, ब्यवस्थापन,
ईन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मि, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक
सेवा बाहेक अन्य सम्पूर्ण पसल, ब्यवसाय र सेवा सञ्चालन बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जनक थापाले जानकारी दिए ।









