
गुल्मी ।
गुल्मीमा एम्बुलेन्स चालकमाथि गएराति ९ बजे कुटपिट भएको छ।
२८ वर्षीय लालबहादुर खत्रीमाथि रेसुंगा नगरपालिका–१ धागिथुमका अन्दाजी ३० वर्षीय सागर बोहोराले कुटेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।



कुटपिटपछि बोहोरा फरार भएको र उनको खोजी भइरहेको गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए।
खत्रीको टाउकोमा गम्भीर चोट लागेकाले गुल्मी अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ।
खत्रीमाथि इस्मा गाउँपालिका–१ हस्तिचौरमा बोहोराले आक्रमण गरेको र घटनाबारे अनुसन्धान भै–रहेको रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।









