
पाल्पा ।
पाल्पामा पछिल्लो २४ घण्टामा १ सय ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा पीसीआर परीक्षणमा ४८ र एन्टिजेन परीक्षणमा ६० जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।



१ सय १३ जनामा पिसिआर परीक्षण गरिएकोमा तानसेन र पूर्वखोलाका १६/१६ जना ,तिनाउका १२ जना , रम्भा, बगनासकाली , रैनादेवी छहरा र रिब्दीकोटका १/१ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै एन्टिजेन परीक्षणमा ६० जना नयाँ संक्रमित देखिएका छन् । जसमा तानसेनका १५ जना ,निस्दीका ३० जना , रम्भाका ८ जना , बगनासकालीका ६ जना र पूर्वखोलाका १ जनामा संक्रमण देखिएको हो ।
पाल्पामा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।
यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या एक हजार ३ सय ८८ पुगेको छ । अहिलेसम्म जिल्लामा एक हजार ३ सय २६ जना होम आइसोलेसनमा रहेका छन् भने ६२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै जिल्लामा पछिल्लो समय कोरोना निको हुनेको संख्या बढ्दै गएको छ ।
विहीबार मात्र यहाँका १सय १५ जना संक्रमित कोरोनामुक्त भएका छन् ।विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४८ महिला र ६७ जना पुरुष कोरोनामुक्त भएका हुन् ।









