
गुल्मी ।
आफ्नै भतिजीलाई जबरजस्तीकरणी गर्ने काकालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका २ का १९ वर्षिया पुरुष लाई आफ्नै दाईकी छोरी लाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो ।



नाताले भजिती पर्ने अर्थात दाइको १० वर्षिया छोरीलाई मंगलबार लुकामारी खेल्न जाउँ भन्दै नजिकैको सार्वजनिक जगंलमा लगेर उनले करणी गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार पीडित बालिकाकी आमाले घटनाको दुई दिनपछि बिहिबार प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
उजुरीपछि इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरिक्षक सुवराज बमको नेतृत्वमा गएको टोलीले ति युवालाई पक्राउ गरेको हो ।
पक्राउ परेका युवकलाई सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको सुचना अधिकारी पाण्डेले जानकारी दिए ।









