
बुटवल ।
बुटवलमा कोरोना संक्रमणबाट एक हप्ताको अवधिमा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका–१० कालिकानगरमा एकै परिवारका पाँच सदस्यमध्ये बाबु आमा र छोराको एक हप्ता अवधिमा मृत्यु भएको हो ।



वैैशाख अन्तिम साता उक्त परिवारका आमा र छोरामा कोरोना संक्रमण पुष्टि भएको थियो ।संक्रमणपछि ३९ वर्षका छोराको अवस्था गम्भीर भएपछि युनिभर्सल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
५५ वर्षीया आमाको स्वास्थ्यमा भने खासै जटिल समस्या थिएन । त्यसैले उनी घरमै आइसोलेसनमा थिइन् । तर जेठ ५ गते उनको घरमै मृत्यु भयो ।
त्यसबीचमै ६९ वर्षीय बुबामा पनि कोरोना संक्रमण भयो र उपचारका लागि युनिभर्सल मेडिकल कलेजमा भर्ना गरियो । उपचारकै क्रममा जेठ ७ गते छोराको र जेठ १२ गते बुबाका मृत्यु भयो ।
एक हप्तामा एकै परिवारका तीनजनाको मृत्युको घटनाले स्तब्ध बनाएको बुटवल उपमहानगरपालिका –१० का वडाअध्यक्ष तथा मृतकका छिमेकी पदमबहादुर थापाले बताए । संक्रमित भएपछि समयमै अस्पताल पु¥याए पनि अकल्पनीय घटना भएको उनले बताए ।









