
पाल्पा ।
पाल्पामा जारी निषेधाज्ञा पुनः लब्याइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को शुक्रबारको बैठकले निषेधाज्ञा पुनः ९ दिन थप्ने निर्णय गरेको हो ।
जेठ १५ गतेसम्म रहेको निषेधाज्ञाको समयलाई ९ दिन थप गरेर जेठ २४ गते राती १२ बजेसम्मलाई लम्वाइएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले जानकारी दिए ।



निषेधाज्ञामा सबै खालका व्यपार व्यवसायहरु बन्द रहने छन्, यस्तै सार्वजनिक सवारी, सरकारी कार्यालय, बैैक तथा वित्तिय संस्था, शैक्षिक संस्था बन्द रहने भएका छन् ।
खाद्यान्न, तरकारी पसल विहान दिनको एक पटक विहान ७ बजेदेखि ९ बजे सम्म खुल्ने भएका छन्, औषधी तथा अत्यावश्यक सेवाहरु भने २४ सैं घण्टा खुल्ने जनाइएको छ ।
निषेधाज्ञा अवधिभर अति आवश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइने छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश उल्लंघन गरेमा कैद र जरिवानासमेत गर्ने निर्णय भएको छ ।
अध्यादेश बमोजिम आदेश पालना नगर्ने व्यक्तिलाई एक लाख र संस्था भए ५ लाखसम्म तत्काल जरिवाना गरिने छ ।









