
पाल्पा ।
पाल्पामा पछिल्लो २४ घण्टामा २६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा पीसीआर परीक्षणमा २० र एन्टिजेन परीक्षणमा ६ जनामा संक्रमण देखिएकोे जनाएको छ ।



३५ जनामा पिसिआर परीक्षण गरिएकोमा तानसेन ९ जना , माथागढीका ४ जना , रम्भाका ३ जना , पूर्वखोला, तिनाउ ,बगनासकाली र रैनादेवी छहराका १/१ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै एन्टिजेन परीक्षणमा ६ जना नयाँ संक्रमित देखिएका छन् । जसमा तानसेन, माथागढी, पूर्वखोला र रैनादेवी छहराका १/१ जना , बगनासकालीका २ जनामा संक्रमण देखिएको हो ।
पाल्पामा अहिले कुल सक्रिय संक्रमितको संख्या एक हजार ३ सय ३१ रहेको छ । संक्रिय संक्रमित मध्ये एक हजार २ सय ६८ जना होम आइसोलेसनमा र ६३ जना विभिन्न अस्पतालमा उपचारत रहेका छन् ।
जिल्लामा पछिल्लो समय कोरोना निको हुनेको संख्या बढ्दै गएको छ । शुक्रबार मात्र यहाँका ८१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २४ महिला र ५७ जना पुरुष डिस्चार्ज भएका हुन् ।
पाल्पामा अहिलेसम्म कोरोना संक्रमणका कारण ८५ जनाको मृत्यु भै सकेको छ ।









