
गुल्मी ।
गुल्मीमा जारी निषेधाज्ञा जेठ २४ गतेसम्म थप गरिएको छ ।
जिल्ला कोभिड ब्यबस्थापन समितिको बैठकले जेठ २४ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए ।



निषेधाज्ञाको समयमा जिल्लामा अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु बन्द रहनेछन् । निषेधाज्ञाको कसैले अबज्ञा गरे कानुन अनुसारको कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।
थप गरिएको निषेधाज्ञालाई कडाइका साथ लागु गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।









