
काठमाडौं ।
राष्ट्रपतिद्वारा विभिन्न कसुरमा सजाय भोगिरेहका ४ सय ३० कैदीबन्दीको कैद कट्टा गरी आम माफी दिइकी छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा १४ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति भण्डारीले चार सय ३० कैदीलाई बाँकी कैद कट्टा गरी माफी मिनाहा गरिएको हो ।



नेपालको संविधानको धारा २७६ अनुसार फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन २०७४ को दफा ३७ लगायतका विभिन्न कानुन र सर्वोच्चअदालतको २०७७ साउन १९ को परमादेशसमेतको आधारमा चार सय ३० जनाको बाँकी कैद कट्टा गरी मिनाहा गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिए ।
भोलि गणतन्त्र दिवसको दिनदेखि लागु हुने गरी ४ सय ३० जनाको भुक्तान हुन बाँकी कैद मिनाह गरिएको जनाएको छ।









