
काठमाडौं ।
प्रधानमन्त्री रोजगारी कार्यक्रम अन्र्तगत आगामी आर्थिक बर्षमा २ लाख जनालाई रोजगारी दिने लक्ष्य सहित सरकारले १२ अर्ब विनियोजन गरेको छ ।
सरकारले कृषि तथा पशुपंक्षी विकासका लागि ४५ अर्ब ९ करोड विनियोजन गरेको छ । कृषि क्षेत्रमा ससर्त अनुदान तर्फ ७ अर्ब ९८ करोड विनियोजन गरिएको छ । रासायनिक मलको अनुदानमा वृद्धि गरि १२ अर्ब रुपैया पुराइएको छ । सरकारले धुलो दुध उत्पादनका लागि ३५ प्रतिशत सम्म अनुदान दिने भएको छ ।



सरकारले सिक्टा सिंचाई आयोजना आगामी २ बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य सहित १ अर्ब ५६ करोड रुपैया बजेट छुट्याएको छ ।
साना मझौला सिंचाई आयोजनाका लागि १ अर्ब ६१ करोड रुपैया छुट्याइएको छ । आगामी आर्थिक बर्षमा ४ सय हेक्टर कृषियोग्य जमिनमा सिंचाई सुविधा पुग्ने अनुमान सरकारले गरेको छ ।
सरकारले गुणस्तरीय शिक्षा र जीवनपयोगी तथा प्रविधियुक्त शिक्षा कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई १० अर्ब रुपैया विनियोजन गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई शैक्षिक सत्रको पुर्वाधार विकासमा प्रयोग गर्ने भएको छ ।
सबै स्थानीय तहका प्रशासनिक भवन निर्माण सम्पन्न गर्नका लागि ८० करोड , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई ३० अर्ब ८३ करोड, भुकम्प पछिको पुनर्निर्माणका लागि ३३ अर्ब ५५ करोड, संञ्चार तथा सूचना प्रविधि तर्फ ७ अर्ब ७४ करोड विनियोजन गरिएको छ ।








