
अर्घाखाँची ।
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि शनिवार १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट विनियोजन गरेको छ । सात सय ५३ पालिकाका लागि दुई खर्ब ८३ अर्ब एक करोड रुपैयाँ विनियोजन गरेको हो ।
आउँदो आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेटअनुसार गाउँपालिकामा एक खर्ब ३९ अर्ब १९ करोड,नगरपालिकामा एक खर्ब २३ अर्ब ९६ करोड, उपमहानगरपालिकामा नौ अर्ब ७६ करोड र महानगरपालिकामा १० अर्ब नौ करोड रुपैयाँ हस्तान्तरण हुने भएको छ ।



३ वटा नगरपालिका र ३ वटा गाउँपालिका गरी ६ स्थानिय तह रहेको अर्घाखाँचीको लागी यो वर्ष २ अर्ब ८० करोड ३२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । ३ वटा नगरपालिकाले कुल १ अर्ब ५७ करोड ४७ लाख रुपैयाँ र ३ वटा गाउँपालिकामा १ अर्ब २२ करोड ८५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
३ वटा नगरपालिकामध्ये सबैभन्दा बढी सन्धिखर्क नगरपालिकाले ५९ करोड ५ लाख रुपैयाँ बजेट पाएको छ ।
त्यस्तै शितगंगा नगरपालिकाले ५२ करोड २० लाख बजेट प्राप्त गर्दा भूमिकास्थान नगरपालिकाले रु ४६ करोड २० लाख रुपियाँ बजेट पाएको छ ।
त्यसैगरी गाउँपालिका अन्र्तगत सबैभन्दा बढी मालारानी गाउँपालिकाले ४४ करोड २४ लाख बजेट प्राप्त गरेको छ ।
पाणिनी गाउँपालिकाको लागीे ४१ करोड ९५ लाख र छत्रदेव गाउँपालिकाको लागी ३६ करोड ६६ लाख रुपियाँ बजेट छुट्टाइएको छ ।








