
काठमाडौं ।
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधिबाट नतिजा प्रकाशित गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रालयको बैठकले यस्तो निर्णय गरेको शिक्षामन्त्रीका प्रेस संयोजक ईश्वरराज ढकालले जानकारी दिए। उनले भने,‘आन्तरिक मूल्यांकनको आधारमा नम्बर दिने भनी मन्त्रिपरिषदमा प्रस्ताव लगिएको छ,हेरौँ अब के निर्णय हुन्छ।’



राष्ट्रिय परीक्षा बोर्डले शनिबार एसइई परीक्षा भने वैकल्पिक विधिबाट सञ्चालन गर्न मन्त्रालयमा सिफारिस गरेको थियो।
कोरोना संक्रमणदर बढ्दै गएपछि बोर्डले गत वैशाख २७ गते एसईई र कक्षा–१२ को परीक्षा स्थगित गरेको थियो।








