
अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगानगरपालिका १२ तारिकेमा ट्याक्टर दुर्घटना हुदाँ ४ जना घाइते भएका छन् ।
सोमबार दिउसो भएको दुर्घटनामा परि शितगंगानगरपालिका १४ बस्ने २५ बर्षिय सुरज पल्ली, सोही ठाउँका २० बर्षिय सन्दिप पुन,१९ बर्षिय नवराज झेडीमगर र २६ बर्षिय ललीत थापा घाईते भएको इलाका प्रहरी कार्यलय ठाडाका प्रहरी निरिक्षक सन्दिप वेल्वासेले बताए ।



कपिलबस्तुबाट शितगंगाको सिद्धारामा विद्युत बिस्तारको लागि तार लिएर जादै गरेको लु ४ त ५४१२ नम्वरको ट्याक्टर एक्कासी ब्रेक फेल भएर दुर्घटना भएको हो ।
दुर्घटनामा घाईते चारै जनालाई उपचारको लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरी निरिक्षक वेल्वासेले बताए ।









