
काठमाडौं ।
कोरोना संक्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन सिलिण्डरहरु समयमै भरेर राख्न
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल र आइसोलेसन सेन्टरहरुलाई निर्देशन दिएको छ ।
मंगलबार सूचना प्रकाशीत गरी मन्त्रालयले अस्पतालहरुले अधिकतम मात्रामा अक्सिजन सिलिण्डर भरेर राख्नुपर्ने,
अक्सिजन प्लान्ट वा टंयाकहरु मर्मत तथा जडान जतिसक्दो चाँडो गर्न निर्देशन दिएको हो ।



कोरोना संक्रमण केही कम भएको जस्तो देखिए पनि महामारीको उच्च जोखिम कायमै रहेको समयमा
अक्सिजन सिलिण्डर भरेर राख्न आग्रह गरिएको सुचनामा उल्लेख छ ।








