
बुटवल ।
राजकीय थाइ विहार, लुम्बिनीले स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको छ ।
कोरोना भाइरसविरुद्ध लड्न सहयोग पुगोस् भन्ने हेतुले विहारका प्रमुख भिक्षु फ्रा श्रीवोधिविदेस सुफोटले स्वास्थ्य सामग्रीहरु प्रदान गरेका हुन् ।



भन्तेबाट भीम अस्पताल भैरहवा र कपिलवस्तु अस्पताल तौलिहवालाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको छ ।

जसमा अक्सिजन कन्सन्ट्रेटर मेसिन , पल्स अक्सिमिटर, सर्जिकल मास्क, सर्जिकल ग्लब्स र स्यानिटाईजर रहेका छन् ।
थाइल्यान्डको राजधानी बैंककका वासिन्दाले सहयोग स्वरूप सो स्वास्थ्य सामग्री पठाएको विहारले जनाएको छ ।









