
राम खड्का ,अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्कमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
सन्धिखर्क नगरपालिका ११ माटेमा पानीमा डुबेर ४९ बर्षिय कुल बहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डियस्पी माधव बुढाथोकीले जानकारी दिए ।



सन्धिखर्क नगरपालिका– ११ बाँगी–खोलामा निर्माण भैरहेको पक्की पुल नजिकै जम्मा भएको पानीमा डुबेर कुमालको मृत्यु भएको हो ।
आफ्नो खेतमा धानको बिऊ राख्ने काम सकेर घर फर्कदै गर्दा एक्कासी लडेर कुमाल पानीमा डुबेका थिए ।
उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।









