
काठमाडौं ।
सभामुख अग्निप्रसाद सापकोटाले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएका छन् ।
सभामुख सापकोटाले शुक्रबार दिउँसो प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीसहित विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसंग छलफल गर्न लागेका हुन ।



शुक्रबार दिउँसो २ बजे संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा छलफलको लागि सभामुखले बुधबार पत्र पठाइसकेको सचिवालयले जनाएको छ ।
विघटित प्रतिनिधिसभामा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्टिय जनमोर्चा, नेमकिपा र राप्रपाको प्रतिनिधित्व रहेको छ ।








