काठमाडौं । प्रत्येक वर्षको ज्येष्ठ महिनाको शुक्ल प्रतिपदा देखि शुक्ल दशमी सम्म दशहरा स्नान पर्व १० दिन मनाउने गरिन्छ । तिथीको आधारमा मनाईने यो वर्ष आजकै दिन अर्थात जेठ २८ गतेबाट असार ०६ गतेसम्म परेको छ । १० दिनको अवधीमा गङ्गा स्नान गरी १० प्रकारका नै व्यञ्जनको सेवन गर्नाले दश किसिमको पाप नाश हुन्छ भन्ने शास्त्रिय मान्यता रहेको छ ।
दशहरामा गङ्गा आदि महानदीहरुको पूजन गर्दा कायिका,वाचिक, र मानसिक पापहरुको नाश हुन्छ । शास्त्रहरुमा बताइए अनुसार अरुले नदिएका कुरा ग्रहण गर्नु , हिंसा गर्नु , परस्त्रीसेवन गर्नु गरी तीन प्रकारका कायिक पाप, कठोरता, असत्यभाषण, चुक्ली लगाउने काम र सम्बन्धन प्रलाप गरि चार प्रकारका वाचिक पाप र परद्रव्यको चिन्तन,अरुहरुको नराम्रो चिताउनु र असत्य कार्यमा प्रवृत्त हुनु गरी तीन प्रकारका मानशिक पाप हुन्छन् । यी सबैको योग गर्दा दश प्रकारका पाप मानिएका छन् ।



दशहरामा गङ्गा स्नान गर्दा उक्त सबै पाप नाश हुने शास्त्रमा बर्णन गरिएकोछ ।








