
दाङ ।
दाङको लमहीमा गाडी तोडफोड गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
लमही नगरपालिका ५ का २६ वर्षका रोशन भेटवाल र वडा नम्बर ६ का २७ वर्षका सुदन केसी पक्राउ परेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।



पक्राउ परेका भेटवाल र केसीले जाँड रक्सीको नसामा तोडफोड गरेको स्वीकार गरेका छन् ।
लमहीका विभिन्न ठाउँमा ८ वटा गाडी तोडफोड भएको पाइएको प्रहरीले जनाएको छ ।









