
प्यूठान ।
प्यूठानमा कार दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
प्यूठानको मल्लरानी गइरहेको ध १ झ ५ नम्बरको कार दुर्घटना हुँदा चालक दाङको तुलसीपुरका प्रकाश आचार्यको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।



कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानका कर्मचारीसहित वनभोज खान शनिवार विहान मल्लरानी जाँदै गर्दा कार दुर्घटना भएको प्रहरीको भनाइ छ ।









