
बुटवल ।
लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
जेठ २५ गते प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभामा पेश गरेको निति तथा कार्यक्रम आईतवार प्रदेश सभाबाट बहुमतले पारित भएको छ ।



नीति तथा कार्यक्रम पेश गर्दा विपक्षी सांसदहरुले बहिष्कार गरे पनि नीति तथा कार्यक्रम माथीको छलफलमा भाग लिएका थिए । छलफलका क्रममा विपक्षी दलका सांसदहरुले सरकारको वैधानिकतामाथि नै प्रश्न उठाउँदै नीति तथा कार्यक्रमको आलोचना गरेका थिए ।
आइतबार मुख्यमन्त्री पोखरेलले संसदमा उठेका प्रश्नहरुको जवाफ दिएपछि निर्णयार्थ प्रेश हुँदा बहुमतले नीति तथा कार्यक्रम पारित भएको छ ।
विपक्षी दलका सांसदहरुले नीति तथा कार्यक्रम पारित होस् भन्ने मुख्यमन्त्रीको प्रस्तावको विपक्षमा मत जाहेर गरेका थिए । जनता समाजवादी पार्टीले विपक्षमा मतदान गर्न ह्वीप नै जारी गरेको थियो ।









