
बुटवल ।
दुईजना फरार प्रतिवादीलाई रुपन्देहीबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थ नगरनगरपालिका–५ का ३० वर्षीय ऋषिकेश जैसवाल र गैडहवा गाउँपालिका –२ का राजकुमार केवट रहेको प्रहरीले जनाएको छ ।



३० वर्षीय ऋषिकेशलाई रुपन्देही जिल्ला अदालतले २०७१ जेठ २४ गते मैनुदिन मुसलमानको हत्यामा २० वर्ष जेल सजाय सुनाएको थियो ।
त्यस्तै अर्का प्रतिवादी राजकुमार केवटलाई २०६७ वैशाख १९ गते कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाएको थियो ।
उनीहरु आफ्नै गाउँ–घरमा लुकिछिपि बस्दै गरेको अवस्थामा दुवैजनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।









