
राम खड्का,अर्घाखाँची ।
अर्घाखाँचीमा थप १ साता निशेधाज्ञा लाई लम्बाइएको छ । पहिले भन्दा केहि लुजडाउन गरी असार ७ गते सम्म निशेधाज्ञा थप गरिएको हो ।
जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्र डिसिसिएमसिको सोमबार बसेको बैठकले अझै पनि कोरोनाको जोखिम कायमै रहेकोले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले बताए ।



कोरोना माहामारिको दोस्रो लहर सुरु भए सङै गत बैशाख २० गते बाट जारी निषेधाज्ञालाई असार ७ गते सम्म पुर्याउने निर्णय गरिएको छ । निषेधाज्ञाको समयमा अति आवश्यक सवारी साधनहरु मात्र चलाउन पाइने छ । दैनिक अति आवस्यक सामाग्री हरुको ढुवानी गर्नको लागि छुट दिइएको छ । सार्वजनिक तथा व्यत्तिगत यातायातका साधन हरु भने चल्न पाउने छैनन् ।
त्यस्तै बस्तु तथा सेवा खरिद एवम् बिक्रि गर्ने पसलहरु स्वास्थ मापदण्डको पुर्ण पालना गरि बिहान ५ बजे देखि दिउँसो १ बजे सम्म सन्चालन गर्न पाइने छ । यसैगरी बैक तथा बित्तीय संघ सस्थाहरु पनि न्युनतम कर्मचारीको उपस्थितमा सन्चालन गर्न पाइने भएको छ ।
कोरोनाको जोखिम कायमै रहेकाले भिडभाड हुने ठाउँहरु विधालय ,क्याम्पस, शिक्षालय , तालिम केन्द्र ,ब्युटी पार्लर ,शैलुन,होटल तथा रेस्टुरेन्ट ,जिम हल जस्ता भिडभाड हुने ठाउँ भने बन्द नै रहनेछ । त्यसैगरी सभा सम्मेलन तालिम गोष्ठी भोज भतेर, जात्रा महोत्सव गर्नमा पनि रोक लगाइएको छ । मठ मन्दिरहरुमा दैनिक पुजापाठ बाहेक अन्य गर्न पाइने छैन ।
बिकास निमार्णको कार्यको लागि निर्माण स्थलमै बसोबास गर्ने गरि काम गर्न सकिने छ । जारी निषेधाज्ञाको समयमा अनावश्यक हिड्डुल गर्न घुमफिर गर्न रोक लगाइएको छ । अति आवश्यक परेमा स्वास्थ मापदण्डको पुर्ण पालना गरि माक्स लगाएर मात्र निष्कन आग्रह गरिएको छ ।
निषेधाज्ञालाई उलंघन गरेमा स्थानीय प्रशासन ऎन २०२८ बमोजिम कर्बाही गरिने बैठक पछि प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल द्वारा जारी गरिएको सुचनामा उल्लेख गरिएको छ ।











