
बुटवल ।
दुर्घटना न्युनीकरणका लागि ध्यानाकर्षण गराउँदै प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा ज्ञापन पत्र बुझाएको छ ।
पहिलो पाइला नेपालका अध्यक्ष पारस मरासिनी,उपाध्यक्ष बाबुराम खनाल लगायतले दुर्घटना न्यनीकरण गर्न भन्दै प्रदेश ट्राफिक प्रहरी प्रमुख डम्बर बहादुर विश्वकर्मालाई ज्ञापन पत्र बुझाएको हुन् ।



ज्ञापन पत्रमा बुटवलमा ट्राफिक लाइटको व्यवस्था गर्नुपर्ने, सवारी चलाउदा लापरवाही गर्ने भएकोले ट्राफिक सचेतनाको कार्यक्रम संचालन गर्नुपर्ने भन्दै ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाइएको हो । पछिल्लो समयमा बुटवलमा बढ्दो जनघनत्व तथा शहरीकरणका कारण दुर्घटना न्युनीकरण गर्न समस्या उत्पन्न हुदै आएको छ ।
ज्ञापन पत्र बुझ्दै ट्राफिक प्रहरी प्रमुख विश्वकर्माले युवाहरूसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।









