
धनगढी ।
लगातार परिरहेको वर्षापछि आएको बाढीले बगाउँदा बाजुरामा दुईजना बेपत्ता भएका छन् ।
जिल्लाको बुढीनन्दा नगरपालिका–३ र त्रिबेणी नगरपालिका– ५ का स्थानीय खोलामा आएको बाढीले बगाउँदा दुईजना बेपत्ता भएको प्रहरीले जनाएको छ ।



जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब निरीक्षक धनदेव साउदले बुढीनन्दाको बड्डीगाड खोलाले बगाउँदा ३५ वर्षीया मोतीकला लुहार र त्रिबेणीको किमनी खोलाले बगाउँदा १२ वर्षीय कमल बुढा बेपत्ता भएको जानकारी दिए । उनीहरुको खोजी कार्य भइरहेको छ ।
लगातारको वर्षाका कारण जिल्ला सदरमुकाम जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको प्रहरी निरीक्षक साउदले बताए ।








