
बुटवल ।
रुपन्देहीमा असार ७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।
कोरोना संक्रमणको दोस्रो लहर सुरु भए संगै नियन्त्रणको लागी भन्दै निषेधाज्ञा जारी गरिएको थियो ।



जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीडीएमसी) को बैठकले गरेको निर्णयको आधारमा केही खुकुलो बनाएर असार ७ गते मध्यराति १२ बजेसम्म निषेधाज्ञा थप गरिएकोे हो ।
कोरोना भाइरस संक्रमण नियन्त्रणमा आइनसकेकाले निषेधाज्ञा जारी राखिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
निषेधाज्ञाको अवधिमा तरकारी, फलफूल, दूध डेरी तथा माछा–मासु पसल बिहान ५ बजेदेखि ८ बजेसम्म खोल्न पाइनेछ । यस्तै अन्य व्यवसाय बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न पाईने भएको छ ।









