
पाल्पा ।
६० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पाल्पाबाट एक जनालाई पक्राउ गरेको छ ।
रामपुर नगरपालिका–१ मसकोटका ३५ वर्षीय नारायण मल्ललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



शुक्रबार साँझ महिलालाई जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।









