काठमाडौ । जल तथा मौसम पूर्वानुमान शाखाले नेपालमा मनसुन भित्रिएकोले यो साता भारी बर्षा हुने भन्दै सचेत रहन आग्रह गरेको छ । भारतको झार खण्डमा बर्षा गराउने न्यून चापीय प्रणालीको विकास भएको त्यो नेपालको पश्चिमी मागमा सर्दै आएकोले नेपालको पश्चिमी भागमा भारी बर्षा हुन सक्ने बरिष्ठ मौसमविद् बरुण पौडेलले जानकारी दिए । उनले गण्डकी प्रदेश, कर्णाली प्रदेशका साथै पश्चिम तराई क्षेत्रमा भारी बर्षा हुने भएकोले सचेत रहन आग्रह गरे । नारायणी बेसिनका सानाठूला खोलानालामा पानीको सतह बढ्ने उनले बताए । यो साताबाट मनसुन सुरु मनसुन यतिबेला देशको पूर्वी भाग भन्दापनि पश्चिमी भागमा बढी सक्रिय रहेको उनको भनाई छ ।लुम्बिनी प्रदेशका दाङ लगायतका क्षेत्रमा रातीदेखि नै भारी बर्षा भइरहेको उनले बताए ।यतिबेला देशभर देशभर सामान्य देखि पूर्ण बदली भई गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । प्रदेश २ को थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षा भइरहेको छ । आज दिनभर देशभर सामान्य देखि पूर्ण बदली रहने र देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ । प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरुमा भारी बर्षाको सम्भावना छ ।











