
सल्यान ।
खोलामा आएको बाढीले बगाउँदा सल्यानको दार्मा गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ ।
केही दिनदेखि परेको अविरल वर्षाका कारण मंगलबार बिहान खोला तर्ने क्रममा बगाउँदा दुई जनाको मृत्यु भएको हो ।



ठाडो खोलाले बगाउँदा दार्मा गाउँपालिका ४ रतिमारेका ४० वर्षीय वीरमान बिक र वडा नम्बर ५ गौछेकी २९ वर्षीया गीता खडका रहेका जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी गराएको छ ।
वीरमानलाई अर्को गाउँबाट घर फर्कने समयमा स्थानीय खाली खोला र खडकालाई ठूलोखोलाले बगाएको सल्यानका डीएसपी गोविन्द थापाले बताए ।









