
गुल्मी ।
गुल्मीको ईश्मा गाउँपालिकामा लगातारको वर्षाका कारण आएको पहिरोले दुईवटा घरमा क्षति भएको छ ।
ईस्मा गाउँपालिका–५ मा राजेश परियारको निर्माणाधीन घर भत्किएको छ । घर भत्किदा उनकी २९ वर्षीया श्रीमती जानकी परियार घाइते भएकी छिन् ।



जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार परिवारका अन्य सदस्यहरु भने सकुशल छन् ।
यस्तै वर्षासँगै गएको पहिरोले इश्मा गाउँपालिकाकै वडा नम्वर १ मा छत्रबहादुर पछाईको घर भत्किएको छ ।
घरमाथिबाट पहिरोसँगै ठूलो ढुंगा खस्दा घरमा क्षति पुगेको हो । घरमा रहेका सबैलाई सुरक्षित स्थानमा सारिएको छ ।
लगातारको वर्षाले गुल्मीका आधा दर्जनभन्दा बढी सडक अवरुद्ध भएका छन् ।









