
बुटवल ।
अविरल वर्षाका कारण तिनाउ नदीमा भिषण बाढी आएको छ ।
जसका कारण तिनाउ नदी किनारमा रहेका घरपरिवार जोखिममा परेका छन् ।



विगत २ दिन देखि परेको लगातार बर्षका कारण तिनाउ नदीको जल सतहले खतराको तह पार गरिसकेको बताइएको छ ।
तिनाउको पुलमुनिदेखि सोह्र छत्तीय नहरमुनि बनेका हजारौं घर जोखिममा छन् ।बाढीले बुटवल सहित रुपन्देहीका ९ स्थानीय तहमा जोखिम बढेको छ ।
बुटवल उपमहागरपालिकाका प्रमुख शिवराज सुवेदीले ३६ वर्षयताकै तिनाउमा ठूलो बाढी आएको बताए ।
नगर प्रमुख सुवेदीले आइपर्न सक्ने विपद्लाई ध्यानमा राखेर नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलाई तयारी अवस्थामा बस्न अनुरोध गरेका छन् ।
पाल्पाको दोभानमा जल सतहले खतराको तह नाघिसकेको छ । जल सतह ५.४ मिटर पुगेको छ । यो खतराको घण्टी हो ।
ईलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतितसिंह राठौरले पानीको सतहले खतराको अवस्था पार गरेकाले सर्तकता अपनाउन जोखिमपूर्ण बस्तीलाई आग्रह गरिएको बताए ।








