
दाङ ।
दाङमा कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा असार ८ गतेसम्म लम्ब्याइएको छ ।
जनजीवनलाई सहज बनाउने गरी यसपटकको निषेधाज्ञालाई यसअघि भन्दा केही खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।



जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीडीसीसीएमसी)को बैठकले असार ८ गते साँझसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।
प्रशासनका अनुसार थप गरिएको निषेधाज्ञाको अवधिमा खाद्यान्न पसल दैनिक बिहान ६ देखि १० बजेसम्म खोल्न पाइने छ ।
यस्तै बैंक तथा वित्तीय संस्थाहरु १० बजेदेखि २ बजेसम्म तथा सबै सरकारी कार्यालय स्वास्थ्य मापदण्ड पूरा गरेर बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खोल्ने निर्णय भएको छ ।









