
राम खड्का,अर्घाखाँची ।
सन्धिखर्क –गोरुसिङ्गे सडक खण्ड अन्तर्गत कपिलबस्तुको भेलाईमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्युु भएको छ ।
बुद्धभुमी नगरपालिका –१, भेलाइमा मोटरसाईकल र पिक अप भ्यान एक आपसमा ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।



गोरुसिङ्गे–सन्धिखर्क सडक खण्ड अन्तर्गत भेलाइमा गोरुसिङ्गे देखि अर्घाखाँची आउँदै गरेको लु २३ प १९३६ नम्बरको मोटरसाइकल र अर्घाखाँची देखि गोरुसिङ्गेतर्फ जाँदै गरेको लु ३ च १५१९ नम्बरको पिकअप भ्यान एक आपसमा ठोक्किदा मोटरसाइकल चालक अर्घाखाँचीको शितगंगा नगरपालिका –१२, सिमलपानीका ३२ वर्षिय रामु बिसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जानकारी दिएको छ ।
गाडी र गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।









