
पाल्पा ।
लगातारको वर्षाका कारण खसेको पहिरोले पुरिएर पाल्पामा एकजनाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका–४ मन्छिपमा पहिरोमा परेर १९ वर्षीय मदन भट्टराईको मृत्यु भएको पाल्पाका एसपी सन्तोष भट्टराईले बताए ।
मंगलबार साँझ खसेको पहिरोमा पुरिएपछि गम्भिर घाइते भएका भट्टराईको उपचार गर्न पाल्पा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।












