
नवलपरासी ।
पश्चिम नवलपरासीमा चारवटै सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको छ।
अविरल वर्षाका कारण जिल्लाका विभिन्न भू–भागहरु डुबानमा पर्ने र बाढी–पहिरोको समेत जोखिम बढेपछि प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रको अध्यक्षतामा सुरक्षा समितिको बैठक बसेको हो।



बैठकले उद्धार तथा राहातका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए।
सम्भावित विपदको अवस्थामा सहज रूपमा सुचना संकलन गर्नका लागि प्रमुख जिल्ला अधिकारी मिश्रको संयोजकत्वमा चारवटै सुरक्षा निकायका प्रमुखहरु सदस्य रहनेगरी संयुक्त सुचना संकलन केन्द्र गठन गरिएको छ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट दाउन्ने खण्डमा पहिरोको उच्च जोखीम भएकोले पैरो गए तत्कालै राजमार्ग सुचारु गराउनेगरी एक्साभेटर तयारी अवस्थामा राख्ने निर्णय पनि गरिएको प्रजिअ मिश्रले बताएका छन्।
नारायणीमा निरन्तर पानीको बहाव बढिरहेकोले सुस्ता गाउँ डुवान हुने जोखिम रहेको र उद्धारका लागि सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखिएको छ।









