
काठमाण्डौ ।
सिन्धुपाल्चोकमा बाढी र पहिरोका कारण २० जना सम्पर्कविहीन भएका छन् ।
सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले अहिलेसम्म २० जना सम्पर्कविहीन भएका जानकारी दिए ।



यस्तै उहाँले बाढी र पहिरोमा परि घाइते भएका पाँच जनाको उपचार भइरहेको छ । अहिलेसम्म बाढी र पहिरोमा फसेका ७४ जनाको उद्धार भएको सहायक प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिए ।
सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोलामा हिजो बेलुकीदेखि आइरहेको बाढीका कारण मेलम्ची बजारमा ठूलो क्षति पुगेको छ ।
मेलम्ची र इन्द्रावती खोलामा बाढी आउँदा बस्तीहरू डुबानमा पर्नुका साथै घर र पुल लगायत बगाएको छ ।








