
पाल्पा ।
अविरल वर्षासँगै गएको पहिरोले अवरुद्ध भएको पाल्पा–बुटवल सडकखण्ड तीन दिनपछि एकतर्फि रुपमा खुलेको छ ।
गएको मंगलबारदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन नगरपालिका–८, गौडेपुल नजिकै गएको पहिरो हटाएपछि विहिबार दिउँसोदेखि सडक संचालनमा आएको हो ।



अविरल वर्षासँगै खसेको पहिरोले करिव ५० मिटर सडक बगाएपछि यातायात सेवा अवरुद्ध भएको थियो ।
बाटो एकतर्फी खुलेसँगै तीन दिनदेखि रोकिएका गाडीहरु गन्तव्यमा हिडेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी र सडक डिभिजन कार्यालयसँगको समन्वयमा सडक एकतर्फी खुलेको प्रहरीले जनाएको छ ।









