
सल्यान ।
शारदा नगरपालिका–६ मा शारदा नदी बीचको टापुमा फसेका १२ जनाको उद्धार गरिएको छ।
शारदा नदीको बीचमा रहेको खेतमा धान रोप्न गएका १२ किसानहरुलाई उद्धार गरिएको हो।
अविरल वर्षापछि शारदा नदीको बहाव अत्याधिक बढ्दा टापुमा रहेको खेतमै किसानहरु अलपत्र परेका थिए।



अलपत्र परेका १२ जनाको नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरेको सबुज गण सीमखर्कका गणपति कञ्चन बस्नेतले जानकारी दिए।
तीन दिनदेखि अविरल वर्षा हुँदा शारदा नदीलगायत अन्य खोलाहरुमा पानीको बहाव अत्याधिक बढेको छ।









