
काठमाडौं ।
देशभर २ हजार ७ सय ६८ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ७ हजार ५ सय ६९ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ९ सय ६३ र ५ हजार ४ सय ६८ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय ५ जनामा संक्रमण पुष्टि भएको हो।



गत २४ घण्टामा ४ हजार २० जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुने दर ८९ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ।
यो अवधिमा ४४ जनाको कोरोनाका कारण मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ६ सय ४१ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।








