
चुरामणी तिमिल्सिना ।
पाल्पा ।
पाल्पाको रिब्दोकोट गाउँ पालिकाका ८४ बर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई विभिन्न सेवा सुविधा प्रदान गरिएको हो।
मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रमले रिब्दीकोट गाउँपालिका क्षेत्र भित्र रहेका स्वास्थ्य संस्था हरु बाट जेष्ठ नागरिक ८४ बर्ष माथिका १६० जना आमा बुवा हरुको स्वास्थ्य परिक्षण गरि पोषण युक्त आहार, हात धुने साबुन , मास्क लगाएत औषधी वितरण गरिएको पालिकाका अध्यक्ष नारायण बहादुर जिशीले बताए ।



घर बाट स्वास्थ परिक्षण गर्न जान नसकेका भिटामिन युक्त खाने कुराको अभाव भएका र सामान्य औसधि पनि अभाव भैइरहेका बेला यो कार्यक्रम आयोजना गरिएको पालिकाकी उपाध्यक्ष लक्ष्मी खनालले जानकारी दिईन ।

पालिकाका प्रमुख प्रसासकिय अधिकृत प्रेम चन्द्र अर्यालले स्वास्थ क्षेत्र सुधार गर्नकालागि विनियोजन गरिएको सबै रकम यसै शीर्षकमा खर्च गरिएको र आगामी दिनहरुमा पनि स्वास्थ जस्तो क्षेत्रमा पालिकाले कुनै कमि हुन नदिने बताए ।
पालिकाका स्वास्थ शाखा प्रमुख सुनिल अधिकारीले आफु पालिकामा आएपछी स्वास्थ क्षेत्रमा परिबर्तन आएको, महिला स्वास्थ स्वयम सेविकाहरु संग सम्पर्कमा रहि काम गरिरहेको र आफ्नो कार्य क्षेत्रका स्वास्थ चौकीहरुमा अनुगमन गरी निर्देशन दिएको र समय समयमा स्वास्थकर्मीहरु संग अन्तरक्रिया गर्ने गरेको बताए ।









