
कपिलबस्तु ।
कपिलबस्तुका माओवादी केन्द्रका नेता दीपक पाण्डेको हत्या अनुसन्धानमा सफलता प्राप्त गरेको भन्दै कपिलवस्तुका २ जना प्रहरी अधिकृतलाई पुरस्कृत गरिएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले कपिलबस्तु जिल्लाका प्रहरी प्रमुख उपरीक्षक (एसपी) नवराज अधिकारी र प्रहरी नायव उपरीक्षक डिएसपी धर्मराज भण्डारीलाई पुरस्कृत गरेको हो।



एसपी अधिकारीको कमाण्डमा भएको अनुसन्धानबाट मृतक पाण्डेकै श्रीमतीसहितको योजनामा दीपकको हत्या गरिएको खुलेको थियो।
प्रहरीले हत्या आरोपमा ११ जनालाई पक्राउ गरिसकेको छ। प्रहरीले घटनापछि डिएसपी भण्डारीको नेतृत्वमा ‘माइक ह्विस्की’ नाम दिएर अनुसन्धान सुरू गरेको थियो।









