
बुटवल ।
रुपन्देहीमा केही दिन यता कोरोना संक्रमितहरुको संख्या घटिरहेको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा पछिल्लो २४ घण्टाको अवधीमा २२ जनामा संक्रमण पुष्टि भएको छ ।



सोही समयमा थप ६० जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् ।१३६ जनाको नमुना परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टी भएको हो ।
थपिनेमा तिलोत्तमा नगरपालिकामा ९ जना,बुटवल उपमहानगरपलिका र देवदह नगरपालिकामा ३/३ जना, सैनामैनामा नगरपालिका, सिद्धार्थनगर नगरपालिकाका र कन्चन गाउँपालिकामा २/२ जना रहेका छन् ।
जिल्लामा अहिले कोरोनाका संक्रिय संक्रमितको संख्या ४१२ रहेको छ ।
पछिल्लो २४ घण्टाको अवधीमा कोरोनाबाट थप १ जना संक्रमितको मृत्यु भए संगैं जिल्लामा ४७७ जनाको कोभिडका कारण ज्यान गईसकेको छ ।









