
पाल्पा ।
करेन्ट लागेर पाल्पामा एक जनाको मृत्यु भएको छ ।
रिब्दिकोट गाउँपालिका–३ हिरापोखरा बस्ने ३४ वर्षीया निरा बिकको करेन्ट लागेर शनिवार बिहान मृत्यु भएको हो।



गित बजाउनको लागि आफ्नै घरमा उफरको तार विद्युतको बोर्डमा जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
नाङ्गो तारमा हातले छुन गई करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको मिशन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।









