
स्याङजा ।
स्याङ्जामा आँधीखोलाले बगाएर एक पुरुषको शनिवार मृत्यु भएको छ।
पुतलीबजार नगरपालिका ४ रामकोश बस्ने ५१ वर्षीय मनबहादुर थापाको आँधीखोलाले बगाउदा मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।



रामकोशबाट पुतलीबजार नगरपालिका १४ लामागे जाने क्रममा आँधीखोला तर्दै गर्दा खोलाले बगाएको थियो ।
घटना बारे थप अनुसन्धान भै–रहेको प्रहरीले जनाएको छ।









