
काठमाडौं ।
देशभर २ हजार २ सय ९७ जना कोरोना संक्रमित थपिएका छन्।
गत २४ घण्टामा १० हजार ९ सय ४ जनाको परीक्षण गरिएको थियो। ६ हजार ५ सय ८३ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५ सय ८४ र ४ हजार ३ सय २१ जनाको एन्टिजेन परीक्षण गर्दा ७ सय १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ३ हजार १ सय ३० जना संक्रमणमुक्त भएका छन्। यो दर ८९ दशमलब ९ प्रतिशत पुगेको मन्त्रालयले उल्लेख गरेको छ।
गत २४ घण्टामा कोरोनाका कारण थप ४६ जनाको मृत्यु भएको छ। अहिले सम्म कूल मृतकको संख्या ८ हजार ७ सय ७२ पुगेको छ।








