
चुरामणि तिमिल्सिना ।
पाल्पाको रिब्दिकोट गाउँपालिकामा ११ ओटा स्वास्थ्य सस्थाहरुको मासिक समिक्षा बैठक सम्पन्न भएको छ ।
कार्यक्रमका अध्यक्ष तथा स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले कार्यक्रम माथि प्रकाश पारेका थिए । कार्यक्रममा स्वास्थ्य सस्थाका प्रमुखहरुले स्वास्थ चौकिमा भएग रेका प्रगति विवरण प्रस्तुत गर्दै समस्याहरु समेत प्रस्तुत गरेका थिए ।



कार्यक्रममा बोल्दै प्रमुख अतिथि पालिका अध्यक्ष नारायण बहादुर जि. सि ले अग्र पङ्गितमा खटियर काम गरिरहेका स्वास्थकर्मि ,सुरक्षा निकाय, पत्रकार , कर्मचारीहरुलाइ धन्यवाद दिदै स्वास्थ्य क्षेत्रमा सुधार गर्न विनोयोजित बजेट स्वास्थ क्षेत्रमा खर्च गरिने र अभाव भएमा प्रदेश सरकार र केन्द्रिय सरकारसंग माग गर्ने बताए ।
यस्तै विशिष्ट अतिथि उपाध्यक्ष लक्ष्मी खनाल र प्रमुख प्रशासकिय अधिकृत प्रेम चन्द्र अर्यालले स्वास्थ्य क्षेत्रमा कमि कमजोरी नगराउन नियमित रुपमा अवलोकन गरिरहेको, कोरोना पोजिटिभ भएकालाइ स्वास्थ्य सस्था सम्म पुर्याउन ३ एम्बुलेन्स संचालन गरिएको, घरघरमा स्वास्थ्यकर्मिलाइ परिचालन गरि औषधि वितरण ,स्वास्थ परामर्श पनि गर्दै आएको बताए ।
कार्यक्रममा स्वास्थ्यकर्मिहरुले राखेका जिज्ञासाको कार्यक्रमका अध्यक्ष सुनिल अधिकारीले जवाफ दिएका थिए ।









